२०८० आश्विन ५ शुक्रबार

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज – नेपाली किसानलाई राहत स्वरुप बितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको ५० केजीको खेती शक्ति युरिया मलको कालो बजारी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं –का २८ वर्षिय दिपेश कुमार साह रेहका छन । उनले वीरगंज महानगरपालिका वडा नं –२१ को हनुमान मन्दीरको छेउमा रहेको बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ – बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गर्दै आएका थिए ।

साहले नेपाली मललाई भारतीय युरिया मलको ४५ केजीको बोरमा पल्टी गरि नेपाली किसानलाई बेच्दै ठग्दै आइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममै छापा मारेर साहलाई पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले गोदाम कोठाको कानूनी रीतपुर्‍याई खानतलासी गरेको थियो ।

गोदामबाट साल्ट ट्रेडिङ कार्पेरेशन लिमिटेडको खेती शक्ति युरीया मल ५० के.जी.को ४५ बोरा,भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को १५ बोरा,एउटा मोटरसाइकल,शक्ति युरीया मल ५० के.जी.को खाली बोरा ३२ थान र भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को खाली १६ थान बराममद भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

साहलाई जिल्ला प्शासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०८० असार २२, शुक्रबार १९:३२ गते 1 Minute 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार