२०८० आश्विन ५ शुक्रबार

सशस्त्र प्रहरीको सफलता: स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगञ्ज –  सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकप्वाइन्ट टोलीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा भन्सार मुल गेटस्थित चेकप्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटर चेकजाँचको क्रममा उक्त रकम फेला परेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेकाअनुसार भारतको पूर्वी चम्पारण वाजितपुर पोष्ट पञ्चायत ४ बस्ने ३७ वर्षीय राकेश जयसवालले चलाएर ल्याएको स्कुटरको डिकीबाट स्रोत नखुलेको ४ लाख रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकम र एक लाख पाँच हजार रुपैयाँ मूल्यांकन गरिएको स्कुटरलाई पक्राउ परेका राकेशसहित थप कारवाही तथा आवश्यक अनुसन्धानका लागि वीरुगञ्ज भन्सार कार्यालय बुझाइएको डिएसपी पाण्डेले बताए । 

२०८० असार २२, शुक्रबार १९:१९ गते 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार