२०८० आश्विन ६ शनिबार

सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट भन्सार छलीका सामग्री नियन्त्रणमा

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) रामजंग पाण्डे नेतृत्वको टोलीले ३ लाख २९ हजार भन्दा बढी मूल्य बराबरको सामग्री नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारस्थित चेकप्वाइन्ट तथा अन्य विभिन्न स्थानबाट भन्सार छलीका लत्ताकपडा, चार्जर,मोबाइल बैटरी, काजू लगायतका सामग्री नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताए । पाण्डेकाअनुसार बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार क्षेत्रमा अवैध रुपमा भन्सार छलेर सामग्री ल्याउने क्रमलाई न्यूनिकरण गर्नका लागि सशस्त्र प्रहरीले कुनै कसर बाँकी नराखेको पाण्डेले दाबी गरे ।

२०८० असार २५, सोमबार २३:१९ गते 0 Minutes 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार