२०८० आश्विन ५ शुक्रबार

होटल लर्डस् दियालो क्यासिनोमा प्रहरीको छापा

वीरगञ्ज – वीरगञ्ज आदर्शनगर कैलाशचोकमा रहेको होटल ‘दियालो लर्डस् प्लाजा’ को क्यासिनोमा पर्सा प्रहरीले आइतबार अबेर राति छापामारी गरेको छ । नेपालीहरुलाई प्रवेश निषेध रहेको क्यासिनोमा नेपालीहरु पनि जाने गरेको सूचनाको आधारमा छापामारी गरिएको बताइएको छ ।

छापामारीको क्रममा पर्सा प्रहरीले ६ जना नेपाली नागरिकहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध रहेकोमा होटलले निहित स्वार्थको लागि नेपालीहरुलाई जुवाको खालमा लैजाने गरेको बताइएको छ । होटलमा भारतीय नागरिकहरुको क्यासिनामो आगमन कम भएपछि गैर कानून विपरित होटलले नेपाली नागरिकहरुलाई क्यासिनोमा जान दिएको बताइएको छ ।

दियालु लर्डस्को क्यासिनोमा नेपाली नागरिकहरु ठगि रहेको र खुलेयाम जुवाँ खेली रहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको बताइएपनि पर्साका प्रहरी उपरीक्षक कोमल शाहले चेकजाँको लागि मात्रै प्रहरी होटलमा पुगेको बताए । छापामारी भने होइन, चेकजाँचको लागि एकछिन प्रहरी गएको भन्दै प्रहरी उपरीक्षक शाहले चेकजाँचको क्रममा प्रहरीले ६ जना नेपाली तथा भारतीय नागरिकलाई क्यासिनोमा फेला परेको अवस्थामा नेपाली नागरिकहरुलाई आगामी दिनमा क्यासिनोमा नजाने सम्झाई बुझाई छाडिएको बताए ।

दियालो लर्डस् प्लाजा होटलमा वीरगंजका ठूलठूला व्यापारीहरुको लगानी रहेको छ ।

२०८० असार २५, सोमबार ०७:३६ गते 1 Minute 2953 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार