२०८० फाल्गुन १५ मंगलवार

वीरगञ्जबाट १५ किलो चरेससहित दुई युवक पक्राउ

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट २ जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारको मूल गेटको चेकप्वाइन्टबाट बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।

भन्सार मूल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले विशेष सूचनाको आधारमा बीआर २२ एम ४२०६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर भारततर्फ जाँदै गरेका माझीद्वयको मोटरसाइकल चेक गरेको थियो ।

मोटरसाइकलको ट्यांकीबाट १५ किलो ३ सय १० ग्राम चरेस बरामद भएको थियो । पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

२०८० असार २७, बुधबार १५:५७ गते 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार