२०८० आश्विन ५ शुक्रबार

लिटल बड्डी प्रिस्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज – वीरगञ्जको लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ जना महिलासहित ४० जनाले रक्तदान गरेका छन् । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको प्रिस्कूलका प्रधानाध्यापक बलले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान गरेर पुण्य कमाउन वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले आग्रह गरे । बढ्दै गएको रगतको मागलाई पूर्ती गर्न सबैले रक्तदान गर्नुपर्नेमा चौगाईले जोड दिए ।

 कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफरी एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्णलगायतको उपस्थिति रहेको थियो ।

२०८० असार ३०, शनिबार २०:४३ गते 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार