२०८० आश्विन ५ शुक्रबार

बिलविजकभन्दा बढीको लत्ताकपडासहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिणाम बराबरको बिलबिजकभन्दा बढीको लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ आईसिपी गेटस्थित सडकखण्डबाट प्रहरीले ना. ८ ख ३९७८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । 

बिलविजकभन्दा बढी औषधी तथा खुद्रा सामान बोकेको मालबाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा बिलविजक शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

गिरीकाअनुसार ५६ लाख ५८ हजार १ सय ८६ रुपैयाँ मूल्य बराबरको ट्रक र ट्रकमा लोड रहेको लत्ताकपडा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

२०८० असार ३१, आईतवार २०:५४ गते 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार