
काठमाडौं – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आव ०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए।
बागमती प्रदेश सभाको असार २१ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो। प्रदेश सरकारले असार १ गते आगामी आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो।
दुवै विधेयक प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्ने भएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।