२०८० आश्विन ६ शनिबार

नेशनल इन्फोटेक कलेज विद्यार्थी तान्न अरूको प्रचार सामग्री हटाउँदै

वीरगञ्ज – नेशनल इन्फोटेक कलेज (एनआई कलेज) ले अन्य कलेजको प्रचारप्रसार सामग्री हटाउन स्टाफ नै लगाएको घटनाले अहिले वीरगंज तातेको छ । एस.ई.ई. पछि अहिले कहाँ पढ्ने, नपढ्ने दुबिधाका बिच करिब एकदशकदेखी सञ्चालनमा रहेको एनआई कलेजले गुणस्तर भन्दा विद्यार्थीलाई दादागिरी शैलीले प्रलोभनमा पार्न लागी परेको देखिन्छ । 

शिक्षामा प्रतिस्पर्धा भए विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन मदत पुग्छ तर नेशनल इन्फोटेक कलेज (एनआई कलेज) का प्रबन्ध निर्देशक मनिष सिंहले आफ्नै स्टाफ लगाएर अन्य कलेजको प्रचार सामाग्री, ब्यानर हटाउन लगाएर आफ्नो स्तर देखाएको छ । अबेर राती एनआई कलेजका कर्मचारीहरूले अलपाईन कलेजको प्रचारप्रसार सामग्री च्यात्दै हटाउन लगाएर शैक्षिक व्यापारको हदैसम्मको तह पार गरेको छ । 

एक समय गुणस्तर बढाउँदै गएपनि पछिल्लो समय कमाऊ धन्दामा लागेपछि यस कलेजको स्तर खस्किदै गएको छ । स्तर खस्किएका कारण विद्यार्थीहरू नेशनल इन्फोटेक कलेज (एनआई कलेज) मा जान मानेका छैनन् । त्यसैले पनि कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले कलेजमा अध्यापन गराउने शिक्षक, कर्मचारीहरुलाई विद्यार्थी ल्याउन उर्दी नै जारी गरेको छ । प्लस टु साइन्स पढ्न इच्छुक नभएका विद्यार्थीहरूलाई समेत शिक्षक कर्मचारीहरूले पढ्न दबाब दिनुको साथै ब्यानर च्यात्न लगाउनुले अन्य कलेजको कुप्रचारमा समेत लागेको देखिन्छ । 

एस.ई.ई. भर्नाको बेला स्वास्थ प्रतिस्पर्धा गर्नु आजको आवश्यकता हो तर कलेज सञ्चालक समूह कुप्रचारमा लागेको घटनाले एनआईले दिने शिक्षामा प्रश्न उठेको छ । यता वीरगंज महानगरपालिकाले विभिन्न अवैधानिक इन्स्टचियूटहरुलाई कारबाहीको दायरामा ल्याउँदै गर्दा एनआई कलेजलाई प्रशय दिनु आश्चर्यको विषय रहेको छ ।

यता घटनामा संलग्नलाई कारबाहीका लागी अलपाईन स्कुल सञ्चालक टिमबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको स्कुलका निर्देशक विनोद उपाध्यायले जानकारी गराएका छन् ।

२०८० श्रावण ४, बिहीबार १०:१४ गते 1 Minute 556 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार