२०८० फाल्गुन १५ मंगलवार

शिवचन्द्र कुशवाहासहित पाँच जनालाई जनमतले गर्‍यो कारबाही

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचन लडेका शिवचन्द्र कुशवाहासहित पाँच जना कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् ।

उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिबिधि तथा नेतृत्वको विरोधमा गुटबन्दी गर्दै विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।

यस्तै सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने एक वर्षका लागि निलम्बनमा राखिएको छ ।

२०८० श्रावण ४, बिहीबार १०:२२ गते 1 Minute 4281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार