२०८० आश्विन ५ शुक्रबार

स्वास्थ्य उपचारमा सहजता दिन जनमत पार्टीद्वारा हेल्पलाइन नम्बर सार्वजनिक

वीरगञ्ज – जनमत पार्टी पर्साले स्वास्थ उपचार सेवामा सहयोग र सहजीकरणको लागी बिहिबारदेखि हेल्पलाईन नम्बरहरु जारी गरेकाे छ ।

चिकित्सक जनमत संघ पर्साका संयोजक र राष्ट्रिय परिषद सदस्य डा अजय यादव र स्वास्थकर्मी जनमत संघका पर्सा संयोजक नन्दन सिंहले हेलपलाईनकाे नेतृत्व गर्ने जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फले बताए ।

आम जनतालाई स्वास्थ, उपचार सेवामा कठिनाइ भए, अस्पतालमा शैया मिलाउन सहयोगदेखि रगत उपलब्ध गराउने एवं उचित परामर्श सेवा उपलब्ध गराउने यो अभियानको लक्ष्य रहेको डा अजय यादवले बताए ।

स्वास्थ क्षेत्रमा देखिएका बेथितिका कारण आम जनता महँगो शुल्कमा पनि भरपर्दो सेवा लिन नसकेको वर्तमान अवस्थामा लोक कल्याणकारी अभियानको रुपमा यसलाई तदारुकताका साथ कार्यन्वयन गर्ने पार्टीको जोड रहेको छ ।

अन्य क्षेत्रको सेवा प्रदायक सार्वजनिक र सरकारी कर्यालयहरुमा सहज, सुलभ र बिना घुसखोरीको सेवा प्रदान गर्न थप जनशक्ति परिचालन गरि हेल्पलाईन नम्बरहरु जारी गरिने आगामी योजनाहरु रहेको पार्टीका जिल्ला संयोजक सरार्फले बताए ।

पार्टीलाई जन मैत्री बनाउन एवं आम जनता संग जोडन कुनै कसर बाकी नराख्ने पार्टीको निति रहेको उनले दाबी समेत गरे ।

२०८० श्रावण ४, बिहीबार २३:३९ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार