
वीरगञ्ज – अल्पायुममै निधन भएका वीरगञ्जका पत्रकार स्वर्गीय नरेश सर्राफको छोरीको अध्ययन र भरणपोषणका लागि वीरगञ्ज महानगरपालिकाले नगद ५ लाख रुपैया प्रदान गरेको छ ।
पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो ।सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार ५ लाख रुपैयाँ प्रदान गरिएको हो ।
शुक्रबार वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर सिंहले संयुक्त रुपमा पाँच लाख रुपैयाको चेक स्वर्गीय सर्राफकी छोरी श्रेया सर्राफलाई हस्तान्तरण गरे ।
महानगरपालिकाले स्वर्गीय सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिएको अक्षय कोषमापनि १० लाख रुपैया उपलब्ध गराउने भएको छ ।
स्वर्गीय सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा अहिलेसम्म रेडियो वीरगन्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया , प्रतिनिधीसभा सदस्य यादवले पनि १ लाख रुपैया ,राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ , नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।