
वीरगञ्ज – भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको पशु चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रसाैनी भाठाबाट खटिएकाे प्रहरी गस्ती टाेलीले बिहिबार विहान २६ वटा भैंसी नियन्त्रणमा लिएकाे हाे ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएकाे पशु चाैपाया विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ स्थित प्रसाैनी पुलबाट नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल बिओपी प्रसाैनीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
प्रहरी निरिक्षक थापाकाे नेतृत्वमा रहेकाे प्रहरी गस्ती टाेलीलाई देख्नै वितिक्कै तस्करहरु भैंसी छाेडी फरार भएकाे उनले वताए ।
बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले वताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।