
चितवन – पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिक आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार तयारी अवस्थामा रहेको डोजरलगायत मेसिन पहिरो झरेको स्थानतर्फ पठाइएको छ । पहिरो धेरै ठूलो नभएकोले पन्छाउन केही समय लाग्ने कार्यालयले बताएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।