२०८० फाल्गुन १५ मंगलवार

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको २२ औँ पदस्थापन

वीरगञ्ज  रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोसिलसको २२ औँ पदस्थापन कर्यक्रम सम्पन्न भएको छ । रोटरी डिस्ट्रीक्ट ३२९२ को डिस्ट्रीक्ट गर्भनर राजेन्द्र प्रसाद धोजोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै अवसरमा बर्ष २०२२/२३ का अध्यक्ष सुरेश गोखार्लीले बर्ष २३/२४ का अध्यक्ष हरि गोपाल श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् । 

पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रीक्ट गर्भनर राजेन्द्र प्रसाद धोजोले नवनिर्वाचित सबै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । वृक्षरोपण, मानसिक स्वाथ्य तथा रोटरीमा महिदा सदस्यको सहभागीतालाई बिषेश रुपमा अघि बढाउन उनले सुझाव दिए । 

कार्यक्रममा वर्ष २०२२÷२३ का सचिब चन्दन सिहंले बर्ष २०२२/२३ कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । साथै बर्ष २०२२/२३ का अध्यक्ष सुरेश गोखार्लीले क्लवमा विभिन्न क्षेत्रमा सहयोग गर्नेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी अवार्ड समेत प्रदान गरेका थिए । 

अफनो स्पोसर क्लबहरु रोटराक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, रोटराक्ट क्लब अफ  युनाइटेड वीरगञ्ज, इन्ट्राक्ट क्लब अफ गौतम सेकेन्डरी स्कुल, इन्ट्राक्ट क्लब अफ डिएभी स्कुललाई पनि सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । रेटरी क्लब अफ वीरगञ्जलाई पनि मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा असिस्टेन्ट गर्भनर र पुर्व गर्भनर संजय गिरी लगायत क्लबसँग आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा डिस्ट्रीक्ट गर्भनर राजेन्द्र प्रसाद धोजोले वीरगञ्जको घडिअर्वा पोखरीमा जडान गरिएको स्वच्छ पिउने पानीको धाराको उद्घाटन गरिएको छ । 

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले वीरगञ्जका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा आफ्नो स्थानबाट विभिन्न काम गर्नुका साथै युवाको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपुर्ण कार्य गर्दै आईरहेको क्लबका सचिव चन्दन सिहंले बताए । 

२०८० श्रावण १४, आईतवार १३:३४ गते 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार