
वीरगञ्ज – रोट्रयाक्ट क्लब अफ वीरगञ्जको ३३ औँ पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वीरगञ्जको होटल भिसवामा भएको कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष रोमित सिंहले २०२३/२४ का अध्यक्ष सनी सर्राफलाई पद हस्तान्तरण गरेका थिए । सिंहले सर्राफलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा रोटरी वर्ष २०२२/२३ का रोट्रयाक्ट क्लव अफ वीरगञ्जका पूर्व अध्यक्ष रोमित सिंहले सर्राफलाई र अध्यक्ष सर्राफले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष सर्राफले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष रोमित सिंहले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।