२०८० फाल्गुन १५ मंगलवार

रोट्रयाक्ट क्लब अफ सिमराको तेस्रो पद हस्तान्तरण

बारा – रोट्रयाक्ट क्लब अफ सिमरा बाराको तेस्रो पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिमराको रोयल पार्टी पैलेसमा भएको कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष सुनिल साहले २०२३/२४ का अध्यक्ष विवेक साहलाई पद हस्तान्तरण गरेका थिए । साहले साहलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोटरी वर्ष २०२२/२३ का रोट्रयाक्ट क्लव अफ सिमरा बाराका पूर्व अध्यक्ष सुनिल साहले साहलाई र अध्यक्ष साहले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष साहले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष सुनिल साहले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

सो अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी जीतपुरसीमरा उप महानगरपालिकाका उप – प्रमुख भोला प्रसाद अधिकारीले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाए । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ उनले नगरपालिका सहकार्य गरेर अगाडि बढन तयार रहेको बताए ।

जोन ३ का जेडआरआर प्रदीप कुमार राईले जोन ३ अन्तर्गत रहेको रोट्रयाक्ट सिमरा बारा रोट्रयाक्टमा छुट्टै पहिचान बनाएको बताए । उनले आगामी दिनमा समेत योजनाहरुलाई कार्यान्वय गर्दै क्लवको उचाईलाई माथि पुर्याउनु पर्नेमा जोड दिए ।

२०८० श्रावण १४, आईतवार ००:३० गते 1 Minute 539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार