
वीरगञ्ज – सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तवित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको नेतृत्वमा खटिएको ७ जनाको गाडी मोवाइल टोलीले २ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा अवैध रकम फेला परेको निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
बिष्टकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी ५८ वर्षीय बिष्णु कुमार साहको खल्तीबाट स्रोत नखुलेको रकम फेला परेको हो । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।