२०८० आश्विन ५ शुक्रबार

नगवामा फेरि भेटियो एक युवकको शव

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा फेरि एक युवकको शव फेला परेको छ । नगवाको नयाँबस्ती घर भएका ३० वर्षिय नजिम मियाँको शव बुधबार बिहान फेला परेको हो ।

नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फको सडक छेउमा मियाँको शव फेला परेको ईलाका प्रहरी कार्यलय नगवाका प्रहरी नायब निरीक्षक दिपेन्द्र मल्लले जानकारी दिए ।सडक छेउमा बुधबार बिहान करिब साढे ७ बजे शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायब निरीक्षक मल्लका अनुसार , मादक पदार्थ सेवन गरेका मियाँ आफैं लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान छ । मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने प्रहरी नायब निरक्षिक मल्लले बताए । तीनदिन अघिपनि नगवामै एक युवक मृत अवस्थामा फेला परेका थिए ।

२०८० श्रावण १७, बुधबार १७:०० गते 0 Minutes 951 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार