
काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो।
बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुनेछ।
थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानबारे छलफल गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य बिपी साहले जानकारी दिए। जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।