
वीरगञ्ज – नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नम्बर १ को कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी अनिल सिंहलाई दिइएको छ ।
काङ्ग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्तामाथि पार्टीले अनुशासन सम्बन्धी छानबिन गरिरहेकाले पार्टीको केन्द्रीय अनुशासन समितिको अर्को आदेश नआएसम्मका लागि सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताए ।
काङ्ग्रेस पर्साको साउन २१ गतेको निर्णयअनुसार सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको क्षेत्रीले बताए ।
सोमबार वीरगञ्जस्थित काङ्ग्रेस पार्टी कार्यालयमा सभापति क्षेत्रीले सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको पत्र समेत हस्तान्तरण गरेका छन् ।
त्यस अवसरमा काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।