२०८० फाल्गुन १५ मंगलवार

रोट्रयाक्ट क्लव अफ बागलूनगको १३औं पदस्थापन , अध्यक्षमा केसी

बुटवल रोट्रयाक्ट क्लब अफ बागलूनगको १३ औँ पद हस्तान्तरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । बागलूनगको होटल पीस पैलेसमा भएको कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष झोकेन्द्र मगरले २०२३/२४ का अध्यक्ष सुस्मिता केसीलाई पद हस्तान्तरण गरेका थिए । मगरले केसीलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोटरी वर्ष २०२२/२३ का रोट्रयाक्ट क्लव अफ बागलूनगका पूर्व अध्यक्ष झोकेन्द्र मगरले केसीलाई र अध्यक्ष केसीले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष केसीले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष झोकेन्द्र मगरले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

२०८० श्रावण २२, सोमबार ०९:१८ गते 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार