२०८० फाल्गुन १५ मंगलवार

वडा प्रहरी कार्यालय श्रीपुर पर्साद्वारा भन्सार छलीका ८ लाखको लता कपडा बरामद

वीरगञ्ज— पर्सा प्रहरीले भन्सार छलीको ८ लाखको लत्ता कपडा तथा हार्डवेयरको पार्ट पुर्जा समाग्री बरामद गरेको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लिन्क रोडबाट भन्सार छली गरि भित्रयाइएको लता कपडा, कुर्ता सुरुवाल तथा हार्डवेयरको पार्टपुर्जा बरामद गरेको हो ।

विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले महानगरको लिन्क रोड एरियामा सटर भाडामा लिएर अवैध मालसामान भण्डारण गरि राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर अवैध रुपमा भन्सार छलीका लता कपडा तथा हार्ड्वेयरको सामानहरु बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहिले जानकारी दिए।

खुला सिमाको फाईदा उठाउदै तस्कर समुहले सिमावर्ती भारतियसहर रक्सौलबाट भन्सार छली चोरी पैठारी गरि ल्याएको उक्त समानहरु ८ लाख मुल्य बराबरको रहेको शाहिले जानकारी दिए ।

प्रहरीले बरामद गरेको अवैध रुपमा भित्र्याइएको लता कपडा तथा हार्ड्वेयरको सामानहरु आवश्यक कार्यवाहीका लागि बीरगंज भन्सारमा पठाइने प्रहरीले जनाएको छ।

२०८० श्रावण २२, सोमबार ०८:१५ गते 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार