
वीरगञ्ज – वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित रहेको गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित रहेको रामचन्द्र साह तेलीको गोदामबाट एकसय बोरा, वडा नम्बर ११ स्थित रहेको राधा देवीले संचालन गरेको मंगलम एण्ड अराध्य ट्रेड लिंक पसलबाट २९ बोरा र वडा नम्बर ११ स्थित रहेको सुनिल साहले संचालन गरेको मनकामना राईस मिलबाट ७३ बोरा चामल भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै मनकामना राईस मिलका संचालक सुनिल साह र मंगलम एण्ड अराध्य ट्रेड लिंकका संचालक राधा देवि फरार रहेका छन उनिहरुको खोज तलास जारिरहेको प्रहरीले जनाएको छ ।
यता अजय कुमार साह देव शरण साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त परिमाणको अबैध चामल बरामद गरि आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक शाहीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।