२०८० आश्विन ५ शुक्रबार

रौतहटको सिमानाकाबाट रुकेन तस्करी

रौतहट – प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि रौतहटको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ ।

कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, कुखुरा , कस्मेटिक, हार्डवेयर, बिडी बनाउने सुख्खा,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गांजा, छोहाड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सुरक्षा निकायहरु उक्त कार्यमा मौन समर्थन जनाएका छन ।

रौतहटको बंकुल, नरकटिया,रमपुर्वा, मोतीपुर,जयनगर, घिउरा, मठिया, महुलिया, चमटोली, लक्ष्मीपुर बेलविछ्वा, ब्रम्हपुरी, तथा बंन्जरहाबाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् ।

उक्त कार्यमा भंसार प्रमुख, सशस्त्र प्रहरी, चौकी इंन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।
सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी झन् बढेर गएको स्थानीयहरू भनाई छ ।

२०८० श्रावण २९, सोमबार २०:४८ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार