२०८० आश्विन ५ शुक्रबार

वीरगञ्जमा फाेटाे प्रदर्शनीकाे आयाेजना, सांसद चाैरसियाले गरे उद्घाटन

वीरगञ्ज – ‘करोडौ मान्छे विस्थापित र लाखौको मृत्यु भएको कहालि लाग्दो दृश्यलाई उक्त फोटोहरु अहिले पनि दर्शाइरहेका थिए । व्लेक एन्ड ह्वाइ भए पनि तिस बर्ष अगाडि भारतीय जन जिवन र स्वतन्त्र पछिको कहाललाग्दो उक्त अवस्था झलकाउने फोटोहरुले प्रदशर्नीमा सहभागी जो कोहिको मनलाई मर्माहत बनाएको थियो ।’वीरगञ्ज स्थित भारतीय दुतावासमा आउने सबैको मन उक्त फोटोहरुले छुएका छन ।

भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको प्रदर्शनीमा आएका सबैलाई भारतीय विभाजनबाट उत्सर्जित अवस्थाको बारेमा जानकारी गराउदै उत्पन्न भएको कहालिलग्दो इतिहासको बारेमा ताजा बनाएको अनुभव भएको पत्रचार चन्दकिशोरले बताउनु भयो ।उहाले भन्नु भयो,‘जिवन पाउनको लागी ,जिवनको सघर्ष र राजनैतिक स्वतन्त्राको लागी उत्पन्न घरवार बिहिनको अवस्था कहाली लाग्दो थियो ,होला ! मलाई लाग्छ यो प्रदर्शनीमा आउने सबैको मनलाई फोटोहरुले मर्माहत बनाएको छ ।’

भारतीय स्वतन्त्रताको ठिक एक दिन अगाडि भएको भारतको विभाजनले उत्पन्न भएको उत्सर्जित अवस्थामा आधारित, वीरगञ्ज स्थित भारतीय दुतावास परिसरमा आज फोटा प्रदर्शनीको आयोजना गरिएको थियो । २०फरवरी १९४७ कादिन ब्रिटिश प्रधान मन्त्री क्लेमेंट एटलीले हाउस अफ कमन्समा भारत र पकिस्तान राज्य स्थापना भएको घोषणा पछि उत्पन्न अवस्थालाई समझिदै मोदी सरकारले ‘विभाजनका विभीषिका’ स्मृति दिवस १४ अगस्तको दिन मनाउदै आएको छ ।

सोहि दिनको अवसरमा भारतीय महावाणिज्य दुतावासले फोटो प्रदर्शनीको आयोजना गरेको थियो । नेपाल कांग्रेसका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसियाले उक्त फोटो प्रदर्शनीको उदघाटन गर्नु भएको थियो । भारतको विभिजन पछि उत्पन्न जनताहरुले भोगनु परेको विभिन्न घटना तथा संघर्षका ५० भन्दा बढी फोटोहरु प्रदर्शनीमा लगाइएका थिए ।

जुन त्यसवेला लाखौ नागरिकका हत्या र करौडो व्यक्तिहरु विस्थापित भएको अवस्थालाई झलभली दर्शको छ ।प्रदर्शनी उदघाटन कार्यक्रममा प्रमुख अथिति अजय चौरसियासंगै भारतीय महावाणिज्य दुत नितेश कुमार,राजनैति कन्सुलर शैलेन्द्र कुमार,कल्चरल एवम मिडिया तथा प्रेस कन्सुल शशिभूषण कुमार लगायत महाबाणिज्य दुतावासका पदाधिकारी तथा स्थानीय संचारकर्मि ,व्यापारि,समाजसेवी लगायत नेपाल स्थित भारतीय नागरिकहरु उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

२०८० श्रावण २९, सोमबार २२:०४ गते 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार