२०८० आश्विन ५ शुक्रबार

आरती साहलाई न्याय दिनुपर्ने जनमत पार्टीकाे माग, वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज – आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगंज महानगर समितिले बिहिबार वीरगञ्जमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

दाइजोकाे निहुँमा ज्यान गुमाएकी धनुषाकी आरती साहको न्यायका लागि जनमत पार्टीका युवाहरुले प्रदर्शन गरेका हुन् । बिहीबार साँझ घण्टाघर चाेकमा जम्मा भएका जनमत पार्टी निकटका युवाहरुले आरती साहकाे न्याय माग्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी जनमतका युवाहरुले आरती साहलाई न्याय दे, दाेषीलाई कारबाही गर, आरती साहकाे परिवारजनसंग दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

नाराबाजीपछि आयाेजित काेणसभामा बाेल्दै जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओम प्रकाश सर्राफले दाइजाेकाे निहुँमा मारिएकी आरति साहकाे न्यायका लागि उनका माइती पक्षका परिवारजन काठमाडौंकाे सडकमा ६२ दिनदेखि धर्नामा बस्दापनि सरकारले उनिहरुकाे पिडा र आवाज सुन्न नसक्नु दुखद भएकाे बताए ।

दाेषीहरुलाई पक्राउ गरि कारबाही नगरिए जनमत पार्टीले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए ।

जनमत युवा संघका नेता सन्जय सिंहकाे संयाेजकत्वमा भएकाे प्रदर्शनमा जनमत पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, नेतृ करिमा बेगम ,नजमा खातुन,शशिकपूर मिया, युवा नेता कन्हैया झा,श्याम गुप्ता, राजनारायण मिश्र,विद्यार्थी नेता राजुराज गिरी लगायतकाेपनि सहभागीता थियाे ।

२०८० श्रावण ३२, बिहीबार २२:१९ गते 1 Minute 527 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार