
काठमाडौं – नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।
प्रदीप गिरी पावन स्मृति आयोजक समितिले आज (बिहीवार) गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौंदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो ।
भदौ २ गतेदेखि शुरु हुने यात्राको काठमाडौंको पशुपतिनाथ मन्दिरबाट काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै स्व.गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताए । उनले मधेसका मुद्दामा उनले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताए ।
उनले भने, ‘प्रदीप गिरी पिछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि उहाँले जहिले पनि आवाज उठाउनु भयो । उहाँमा कुनै भय नै थिएन । मधेसको माग पूरा नभएसम्म उहाँले कुनै सम्झौता गर्नुभएन । आउने पिढीका लागि उहाँले एउटा ज्योति छरेर जानुभएको छ । उहाँ जे बोल्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो ।’
गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।