
काठमाडौं- सशस्त्र प्रहरीमा १२ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले बिहिवार १२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा एक नम्बरमा राजेश उप्रेती, दोस्रोमा गंगाराम श्रेष्ठ, तेस्रोमा रविनराज कर्णजित,चौथोमा भरत खनियां र पांचौंमा नेत्र बहादुर कार्की रहेका छन् ।
बढुवा सिफारिस हुनेमा एसपीहरु रमेश कुमार पाण्डे,विकाश घिमिरे,तिर्थराज पौडेल,जहरसिंह बुढा मगर,नरेन्द्र बम,सुर्य बहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
सिसम दुईका १९ जना ०७५ चैत्रमा डिएसपीबाट एसपीमा बढुवा भएका थिए । त्यसमध्ये अहिले १२ जना मात्र एसएसपीका लागि सिफारिस भएका हुन् ।
बढुवामा चार नम्बरका धुव्र कार्की, ८ नम्बरका विरसिंह साहु, ९ नम्बरका जनक पुरी,१२ नम्बरका यादव विश्वकर्मा,१४ नम्बरका टोपबहादुर खनाल,१६ नम्बरका अशोक बम र १९ नम्बरका विरेन्द्र बहादुर ऐर छुटेका छन् ।
आर्थिक अनियमितताको आरोपमा पर्साबाट तानिएका तेजप्रसाद पोखरेल,रुपन्देहीमा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै फिर्ता बोलाइएका राजेश उप्रेती, सर्लाहीमा तास काण्डमा तानिएका गंगाराम श्रेष्ठ र ट्राफिक पिटेको आरोप लागेका सुर्य सेन भने शक्ति केन्द्रको आड्मा बढुवा भएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।