२०८० फाल्गुन १५ मंगलवार

महानगगरको सामाजिक विकास समितिको संयोजकमा ठाकुर मनोनित

वीरगञ्ज – वीरगञ्ज महानगरको सामाजिक विकास समितिको संयोजकमा कन्हैया ठाकुर मनोनित भएका छन् ।वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठाकुरलाई सामाजिक विकास समितिको संयोजकमा मनोनित गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले ठाकुरलाई संयोजकमा मनोनित गरेका हन् । संयोजकमा मनोनयन गरिएको पत्र आइतबार मेयर सिंहले ठाकुरलाई प्रदानसमेत गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट महानगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित ठाकुर, कांग्रेसका महाधिवेशन प्रतिनिधीसमेत हुन् ।समितिको संयोजकमा मनोनित भएपछि प्रतिक्रिया दिदैं ठाकुरले महानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

२०८० भाद्र ३, आईतवार १८:०३ गते 1 Minute 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार