२०८० आश्विन ५ शुक्रबार

संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतहरुसँग छलफल गर्दै

काठमाडौँ– सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन आफ्नो पहल जारी राखेका छन् ।

झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

उनले आज बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि पटक पटक समस्याको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्दै आएका छन् ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

६० केजी सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

२०८० भाद्र ३, आईतवार १०:२१ गते 0 Minutes 64 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार