२०८० आश्विन ५ शुक्रबार

सर्लाहीबाट पेस्तोलसहित दुई युवक पक्राउ

वीरगञ्ज – सर्लाही प्रहरीले दुई थान हतियार (पेस्तोल र कटुवा पेस्तोल) सहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) सङ्ग्रामपुरबाट खटिएको टोलीले पेस्तोल र कटुवा पेस्तोलसहित शनिवार राति दुई जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनीहरको साथमा पेस्तोल र कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीले उनीहरूको साथबाट ७.६५ मीमी पेस्तोल १ थान, म्यागेजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली बरामद भएको जनाएको छ । त्यस्तै उनीहरूको साथबाट १६ हजार ६८० भारतीय रुपैयाँ र भारतीय बैङ्कका एटिएम कार्ड समेत बरामद भएका छ । 

पक्राउ परेका दुवै जनालाई बरामद हतियार तथा मोटरसाइकलसहित शनिवार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

२०८० भाद्र ३, आईतवार ०९:१६ गते 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार