२०८० आश्विन ५ शुक्रबार

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने

काठमाडौं – चार दल आवद्ध समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने भएको छ । आज बिहान बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो ।

भदौ ८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गर्ने निर्णय भएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने छ ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

२०८० भाद्र ४, सोमबार ०९:४७ गते 1 Minute 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार