२०८० आश्विन ५ शुक्रबार

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

मन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किराँतीका पिता लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

मन्त्री किराँतीले समाजिक सञ्जालमार्फत पिताको निधनको जानकारी दिँदै आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गर्नुभएको छ ।

‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’ मन्त्री किराँतीले फेसबुकमा लेख्नु भएको छ ।

२०८० भाद्र ६, बुधबार ०९:३८ गते 1 Minute 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार