
वीरगञ्ज – नेपाल भारत युवा मैत्री सङ्घको पर्सा जिल्ला अध्यक्षमा नेपाली काङ्ग्रेसका युवा नेता शैलेन्द्र यादव मनोनीत भएका छन् ।
सङ्घको पर्सा जिल्ला अध्यक्षमा यादवलाई सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले मनोनीत गरेका हुन् ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका – ३ निवासी यादव गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार समेत थिए ।
यादव काङ्ग्रेसको भातृ विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको पूर्व जिल्ला सभापति पनि हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।