२०८० फाल्गुन १५ मंगलवार

विदेशबाट फर्किएका युवालाई उद्यम गर्न सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउछ : मन्त्री रिजाल

काठमाडौं – संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाई रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए ।

उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानुन तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्नेपनि बताए ।

उनले नेपाललाई आगामी सन् २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार , औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्र बिचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए ।

मन्त्री रिजालले स्टार्टअपलाई प्रवर्द्धन गर्न परियोजनामा आधारित कर्जा, अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताए । उनले मन्त्रालयले व्यवसाय संवर्द्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरूसँग राय सुझावको लागि पठाएको बताए ।

उनले सरकारले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयार पारीरहेको पनि बताए । मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेकोपनि उल्लेख गरे ।

२०८० भाद्र ११, सोमबार १५:३० गते 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार