२०८० आश्विन ५ शुक्रबार

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगञ्ज महानरगरले गर्यो सिलबन्दी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले मंगलबारपनि अनुमति बेगर सञ्चालित दुई वटा कलेजमा सिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिले गत बुधबारदेखि अनुमति बेगर सञ्चालित कलेजहरुमा पुगेर सिलबन्दी गर्न थालेकोमा मंगलबारपनि दुई वटा कलेजमा सिलबन्दी गरेको हो ।

नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वममा मंगलबार खटिएको टोलीले वीरगन्ज– ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि सोमबारपनि उक्त टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।भदौ १३ गते पनि वीरगन्ज महानगरकै टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएका मध्ये मंगलबारसम्म ७ वटा कलेजमा सिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।

२०८० भाद्र १९, मंगलवार १३:०५ गते 1 Minute 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार