२०८० फाल्गुन १० बिहीबार

परवानीपुर ५ का वडा अध्यक्ष रामेश्वर कलवारकाे हैकमवादी, जनता अ‌ावासमा भेदभाव, समावेश गराउन खाेज्दा उपध्यक्षका श्रीमानसहित स्थानीयमाथि हातपात र दुर्व्यवहार

बारा – बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामेश्वर कलवारकाे हैकमवादीले सिमा नाघेको छ ।

सरकारले गरिब तथा विपन्नकाे घर बनाउन हरेक वडा कार्यालयमा अ‌ावश्यकता अनुसार फारम संकलन गराईरहेकाे छ तर वडाअध्यक्ष कलवारकाे हैकमवादीले सदियाैंदेखि गरिबीको चपेटामा रहेका स्थानीयलाई भेदभाव गर्दै फारम भर्न दिईएका छैनन् ।

अनुगमनमा अ‌ाएका कर्मचारीहरूले मापदण्डमा पर्ने र अ‌ावश्यकताका अ‌ाधारमा छुटेकाकाे फारम भर्न मिल्ने बताए पनि वडा अध्यक्ष कलवारले यस वडाकाे मेयर, उपमेयर अ‌ाफै रहेको र अ‌ाफुले सिफारिस गरेकाे बाहेक कसैकाे हुन नदिने भन्दै फारम भर्न छुटेका स्थानीय तथा युवा नेता उमेश गुप्ता लगायतलाई हातपात तथा दुर्व्यवहार गरेर पठाएको छ ।

निवेदन छुटेकालाई समावेश गराउन स्थानीयले गापा उपाध्यक्ष सुगान्धी देवि र उनका श्रीमान् तथा एमालेका युवा नेता उमेश गुप्तालाई गुहारे पनि वडा अध्यक्ष कलवारले शहरी विकास कार्यालय मार्फत स्थानीयबासीको घर बनाउन खटीएका कर्मचारीहरूकै अगाडि फारम भर्न नदिई उल्टै हातपात तथा दुर्व्यवहार गरेका थिए ।

यस विषयमा वडा अध्यक्ष कलवारसंग बुझ्दा उनले भने, उपमेयरका श्रीमान् उमेश गुप्ताले घर बनाउन खटीएकालाई आफ्नो अनुकुल गर्न दबाब दिएकाले समान्य विवाद भएको प्रतिक्रिया दिए ।
तर यता गुप्ताले भने मापदण्डमा पर्ने गरिब असहाय जाेकाेहिले पनि सरकारकाे सेवा लिन पाउन भन्ने उदेश्यले छुटेकालाई समावेश गराउन ख‌ाेज्दा अ‌ाफु सहित छुटेका गरीब विपन्न स्थानीयहरूलाई हातपात तथा दुर्व्यवहार गरेको बताएका छन् ।

मापदण्ड पुगेको सबैलाई सरकारकाे सेवा लिने अधिकार रहेपनि जनता समाजवादी पार्टीबाट निर्वाचित वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर कलवारले निवेदन समेत भर्न नदिएर कानुनी राज्यमा हैकमवादीकाे दम्भ देखाएकाे छ ।

२०८० भाद्र २४, आईतवार १७:४८ गते 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार