२०८० फाल्गुन १० बिहीबार

सशस्त्र प्रहरीद्वारा छापा ८ सय केजी काजु बरामद

वीरगञ्ज – सशस्त्र प्रहरीको १३ नम्बर गणको प्रहरीटोलीले वीरगञ्ज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको एक गोदाममा छापामारी गरेको छ ।

गोदाममा भंसार छलेर ल्याइएको काजु भण्डारण गरिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले छापामारी गरको हो ।

सप्रनाउ देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र वीरगञ्ज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले छापा मारेको हो ।

मगनी राउतको घरमा छापा मार्दा अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ७ लाख २० हजार मूल्य बराबरको काजु बरामद भएको हो ।

८ सय केजी आवश्यक कारवाहीकोलागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको देबेन्द्र बहादुर सिंहले जानकारी दिए। काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको बताइएको छ ।

२०८० भाद्र २५, सोमबार १५:१६ गते 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार