२०८० आश्विन ५ शुक्रबार

सुनकाण्डमा पक्राउ परेका सर्राफ क्रिप्टोकरेन्सी कारोबारमा संलग्न

काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एकजना अधिकृतले बताएका छन् ।

चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि सर्राफलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोवार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेलमार्फत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो ।
खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

सर्राफविरूद्ध सुन तस्करीसँगै क्रिप्टो कारोवारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेवारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डीमार्फ़त हुने गरेको खुलेको थियो।
पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।

२०८० भाद्र २५, सोमबार २३:४५ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार