२०८० आश्विन ५ शुक्रबार

महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायमा दिलाउँछौ– सांसद डा कार्की

वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले राज्यले विभिन्न निकायमा ३३ प्रतिशत अधिकार दिनुको सट्टा ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएकी छन् ।

रास्वपा जीतपुरसिमरा उपमहानगरपालिका नगरसमितिले सिमराको रोयल पार्टी प्यालेसमा सोमवार राति आयोजना गरेको तीज मिलन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपालाई नेपाली जनताले पत्याएकोले अहिले पार्टी संसदमा छिरेको छ । साथै आगामी २०८४ को चुनावमा रास्वपालाई सहयोग गरेर पहिलो नम्बर पार्टी बनाएपछि महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायलाई दिलाउने हिसाबले अघि बढ्ने उनले बताइन् ।

२०८० भाद्र २७, बुधबार ०८:१५ गते 1 Minute 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार