२०८० आश्विन ५ शुक्रबार

राष्ट्रिय बाल दिवसका अवसरमा वीरगञ्ज – २० का वडाध्यक्ष परागले गरे प्रत्यक्ष संवाद

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका – २० का वडाध्यक्ष राम किशोर सिंह (पराग) ले वडामा सञ्चालित स्कुलका विद्यार्थीसँग प्रत्यक्ष रूपमा संवाद गर्ने अभियान चलाएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोगिरहेको समस्या, पठनपाठनको अवस्था र समसामयिक विषयमा सोझै उनीहरूबाट बुझ्ने प्रयास स्वरूप वडाध्यक्ष परागले “वडाध्यक्षसँग प्रत्यक्ष संवाद” अभियान सुरु गरेका हुन् । 

आज राष्ट्रिय बल दिवसको अवसरमा हरपतगञ्जस्थित रिचा पब्लिक स्कुलका विद्यार्थीसँग संवाद गरेर कार्यक्रमको थालनी गरिएको छ ।

संवादका क्रममा विद्यार्थीहरूले पठनपाठनका क्रममा उनीहरूलाई आइरहेको समस्या र चुनौतीका बारेमा वडाध्यक्ष परागलाई जानकारी गराएका थिए । उनीहरूले विद्यालयमा शिक्षकको उपस्थितिदेखि भौतिक संरचना र शौचालयसम्मका विषय उठान गरे ।

विद्यार्थीहरूले उठाएका विषय र प्रश्नको जवाफ दिँदै वडाध्यक्ष परागले नेपाल सरकारले बालबालिकालाई दिएको संवैधानिक अधिकारलाई प्रयोग गर्नुपर्ने सुझाव दिए । सो क्रममा कुनै समस्या आएको खण्डमा सोझै आफूसँग आएर भेट्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा क्रममा वडाध्यक्ष परागले प्रत्येक महिना वडामा रहेका विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई वडाध्यक्ष बनाउने पनि घोषणा गरे । पठनपाठनसँगै सानो उमेरदेखि नै नेतृत्वकर्ताको भूमिकाको विषयमा पनि व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्न प्रत्येक महिना एक जना विद्यार्थीलाई एक दिनका लागि वडाध्यक्ष बनाउने उनले बताए ।

रिचा पब्लिक स्कुलका प्राचार्य श्रीराम साहको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय सुगौलीका प्रमुख, स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

२०८० भाद्र २९, शुक्रबार १४:४४ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार