
काठमाडौं – काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या हुनेमा २ महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुङ्गेलले बताउनुभयो ।
ढुङ्गेलका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको हत्या भएको हो ।
गैह्रीगाउँ स्थित दिव्य सः मिलमा चारै जना कार्यरत थिए । शुक्रबार राति १२ बजेतिर उक्त घटना भएको बताइएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।