२०८० आश्विन ५ शुक्रबार

प्रभाव र दवाबमा काम गर्दिनः प्रहरी उपरीक्षक काफ्ले

बारा – जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले आफु प्रचलित ऐन र कानुनको परिधिमा रहेर कसैको दवाव र प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ ।भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी काफ्लेले जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बाराली पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा हाजिर भएदेखि नै काम शुरु गरि सकेको बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासामा एसपी काफ्लेले दोहोर मुद्धा दर्ता नहुने बताउदै प्रचलित कानुन अनुसार जसले जे अपराध गरेको छ, सोही प्रकृतिको मुद्धा मात्र दर्ता गरिने प्रतिबद्धता जनाएका छन ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने एसपी काफ्लेको भनाईछ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।दाङ बाट सरुवा भएर बारा जिल्लामा आएका एसपी काफ्लेले जिल्लाका सवै पत्रकारहरुसंग जिल्लाको सर्मग अवस्थाका वारेमा जानकारी लिएका थिए ।

२०८० भाद्र ३१, आईतवार १४:५६ गते 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार