२०८० आश्विन ५ शुक्रबार

चाडपर्व नजिकिए संगै पर्साको सिमानाकामा बढयो तस्करी, तस्करीको १० लाखको कपडा बरामद

वीरगञ्ज – हिन्दूहरूको चाड नजिकिए संगै पर्साको सिमानाकामा अबैध गतिविधि चोरी तस्करी बढेको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट असोज १ गते करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उल्लेखित मूल्यको १० बोरा लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अबैध रुपले १० वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा प्रहरीलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडाछाडी साईकल लिई फरार भएका थिए । बरामद लत्ताकपडा वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

२०८० आश्विन २, मंगलवार ०९:३० गते 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार