२०८० मंसिर १६ शनिबार

वीरगञ्जको मनियारीबाट ठूलो मात्रामा बेवारिसे लागूऔषध बरामद

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २२  मनियारीस्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागूऔषध बरामद भएको छ ।

मनियारीस्थित देवेन्द्र यादवको खाली खेतमा ८ हजार ९१५ पिस लागूऔषध बेवारिसे अवस्थामा बरामद भएको हो ।

दुई वटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान, नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागूऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार स्थानीयले दिएको सूचना अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजङ्ग थिङको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको खाली रहेको खेतमा पुगेर बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषधको बारेमा थप अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

२०८० आश्विन ७, आईतवार १७:१४ गते 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार