२०८० मंसिर १६ शनिबार

लागु औषध चरेशसहित ठाेरीका श्रेष्ठ पक्राउ

वीरगञ्ज – प्रहरीले लागु औषध चरेश सहित पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरियाबाट एक जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा आइतबार दिउसाे २:४५ बजेको समयमा खटिएको प्रहरी टोलीले सुवर्णपुरबाट वीरगंज तर्फ आउदै गरेकाे श्रेष्ठले चलाएकाे ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध चरेश फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

श्रेष्ठ सवार मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी राखिएकाे ५०० ग्रामकाे  ६४ प्याकेटमा रहेकाे ३२ के.जी.लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 मोटरसाइक र लागु औषध सहित निज श्रेष्ठलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

२०८० आश्विन ८, सोमबार १७:१८ गते 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार