२०८० मंसिर १६ शनिबार

नूतन कृतिको “कैदी बनाउ मलाई “को भीडियो गीत सार्वजनिक


काठमाण्डौ। गीतकार नूतन भुसालको गीती एल्बम नूतन कृतिमा रहेको “कैदी बनाउ मलाई” बोलको गीत भीडियोसहित सार्वजनिक भएको छ ।

संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको एल्बममा बिभिन्न गायक गायिका हरुले आफ्नो आवाज दिनु भएको छ ।
कैदी बनाउ बोलको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजक रहेको गीतकार भुसालले बताउनु भयो ।
राज लिम्बुको निर्देशनमा बनेको सो गीतमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।
ईजरायलको सेरोफेरोमालाई सन्तोषले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।
गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नुभयो ।

२०८० आश्विन ९, मंगलवार १८:५१ गते 1 Minute 1045 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार