२०८० मंसिर १६ शनिबार

सिरहामा भारतीय मोटरसाइकलसहित १८ थान बेवारिसे मोबाइल बरामद, तस्कर फरार

सिरहा – सिरहा सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको छ । प्रहरीले सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट दुई लाख ३४ हजार तीन सय ८० रुपैयाँ मूल्य बरावरको १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकल सहित मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

२०८० आश्विन १०, बुधबार १५:३६ गते 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार