
वीरगञ्ज – पर्सामा प्रहरीले लागु ओैषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका लोटन राउत कुर्मी र देवलाल साह कलवारलाई चार किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साकै विन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभट्टा गाउँनजिक सडकमा साइकल चलाएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनीहरूको साथबाट गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
उनीहरूविरूद्ध लागुऔषध सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।